Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

मुलुकको व्यापार घाटा ६.१ प्रतिशतले संकुचन

मुलुकको व्यापार घाटा ६.१ प्रतिशतले संकुचन

काठमाडौं, ४ फागुन । चालु आर्थिक वर्ष २०७६÷७७ को ६ महिनामा ६ खर्ब ९४ अर्ब ६९ करोड रुपैयाँको बस्तु आयात भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु वर्षको ६ महिनामा कुल वस्तु आयात ४.० प्रतिशतले घटेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३०.५ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ९.१ प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२.१ र ०.४ प्रतिशतले बढेको छ ।

त्यस्तै सो अवधिमा ५७ अर्ब २८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । बस्तु निर्यात २६.१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११.५ प्रतिशतले मात्रै वृद्धि भएको थियो । आयातमा कमी र निर्यातमा वृद्धि हुँदा ६ महिनामा कुल व्यापार घाटा ६ खर्ब ३७ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिको तुलनामा व्यापार घाटामा ६.१ प्रतिशतले संकुचन आएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x