Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा बास्केटबल प्रतियोगिता सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा बास्केटबल प्रतियोगिता सम्पन्न

काठमाडौं, ४ फागुन । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र क्यिष्ट इन्टरनेशनल कलेजको सहकार्यमा आयोजना गरिएको ‘नारायण प्रसाद स्मृती बास्केटबल प्रतियोगिता २०७६’ सम्पन्न भएको छ । गत शुक्रबार क्विस्ट कलेजको प्राङ्गणमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा पुरुषतर्फ सीसीआरसी कलेज प्रथम र ओमेगा कलेज देस्रो भएको थियो भने महिलातर्फ सइपाल कलेज प्रथम र रिलायन्स इन्टरनेशनल एकेडेमी दोस्रो भएको थियो ।

पुरुषतर्फ प्रथम हुने कलेजले २० हजार रुपैयाँ प्राप्त गरेका छन् । बैंकले विगतदेखि नै सामाजिक उत्तरदायित्व अन्तरगत यस्ता खेलकुदको विकासमा सहयोग गर्दै आएको छ ।

हाल ९१ शाखा कार्यालयहरुबाट आवश्यकताअनुसार विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको बैंकले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x