सेञ्चुरी कमर्सियल बैंकको होटेल सामना र सुर्यान्ससँग छुट सम्झौता
काठमाडौं, ६ फागुन । सेञ्चुरी कमर्सियल बैंकले होटेल सामना प्रा.लि. र होटेल सुर्यान्स प्रा.लि.सँग छुट सम्बन्धी सम्झौता गरेको छ । बैंकले हेटौडाको मकवानपुरमा रहेका दुई होटेलले दिने सेवामा १५ प्रतिशत र २० प्रतिशत छुट दिने सम्झौता गरेको हो ।
सम्झौताअनुसार बैंकको क्रेडिट र डेबिट कार्ड भएका ग्राहकहरुले होटेल सामनाको सेवा सुविधामा १५ प्रतिशतसम्म छुट पाउनेछन् भने होटेल सुर्यान्सको सेवा सुविधामा २० प्रतिशतसम्म छुट पाउनेछन् ।
होटेल सामनाको सम्झौतापत्रमा बैंकका हेटौडा शाखाप्रबन्धक सुहित शाक्य र होटेलका प्रबन्ध निर्देशक सुरज आचार्यले हस्ताक्षर गरेका हुन् । त्यस्तै होटेल सुर्यान्ससँगको सम्झौतापत्रमा बैंकका हेटौडा शाखा प्रबन्धक शाक्य र होटेलका अपरेशन प्रबन्धक नकुल गिरिले हस्ताक्षर गरे ।