Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सुनको मूल्य उकालो लाग्ने क्रम रोकिएन, एक हप्तामा ८ सय बढ्यो

सुनको मूल्य उकालो लाग्ने क्रम रोकिएन, एक हप्तामा ८ सय बढ्यो

काठमाडौं, ६ फागुन । स्थानीय बजारमा सुनको मूल्य उकालो लागिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको मंगलबार प्रतितोला ७५ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ७६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य गत साताको मंगलबारको मूल्यभन्दा ८ सय रुपैयाँले बढी हो ।

त्यही साताको बुधबार माघ २९ गते २ सय रुपैयाँ घटेर कारोबार भएको भएपनि त्यस यता सुनको मूल्यमा कमी अएको छैन् । सोमबार प्रतितोला ७६ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियोे । त्यसैगरी एक सातामा चाँदीको मूल्य १० रुपैयाँ बढेको छ । गत हप्ताको मंगलबार ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ८ सय ९० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । हिजोको तुलनामा चाँदीको मूल्य आज स्थिर छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x