Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेप्से परिसूचक १४०० विन्दुभन्दा माथि

नेप्से परिसूचक  १४०० विन्दुभन्दा माथि

काठमाडौं, ६ फागुन । साताको पहिलो कारोबार दिन आइतबारदेखि नै उकालो लागेको सेयर बजार आज १४०० विन्दुभन्दा माथि पुगेर बन्द भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार (हिजो) उच्च अंक ३४.२६ ले वृद्धि भएको नेप्से परिसूचक आज सामान्य अंक १.७७ ले वृद्धि भएको भएपनि परिसूचक १४००.०१ विन्दुमा बन्द भएको छ ।

त्यस्तै आज २ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १ सय ८० कम्पनीको ५४ लाख ६८ हजार ४ सय ८३ कित्ता सेयर खरिद विक्री भएको छ ।

सर्वाधिक कारोबार हुनेमा एनआईसी एशिया बैंक
मंगलबार सबैभन्दा बढी सेयर कारोबार हुनेमा एनआईसी एशिया बैंक लिमिटेड रहेको छ । बैंकको १० करोड ६५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । त्यस्तै ९ करोडभन्दा बढी सेयर कारोबार हुनेमा एनएमबि बैंक र हिमालयन डिस्टिलरी लिमिटेड रहेका छन् । त्यस्तै शिवम् सिमेन्ट लिमिटेडको ७ करोड २४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, साईन रेसुङ्गा विकास बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको ६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोका भएको छ ।

त्यस्तै सबैभन्दा बढी कमाउने कालिका माइक्रोक्रेडिट विकास बैंक लिमिटेडका सेयरधनीहरु रहेका छन् भने सबैभन्दा बढी गुमाउनेमा लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरु रहेका छन् । कालिकाको प्रतिसेयर मूल्य ९.८७ प्रतिशत वृद्धि भएको छ । त्यसैगरी लक्ष्मीको भने प्रतिसेयर मूल्य ५.६८ प्रतिशत घटेको छ ।

कारोबारमा आएका १२ समूहमध्ये ५ समूहको परिसूचक बढेका छन् भने बाँकी समूहको परिसूचकमा कमी आएका छन् । परिसूचक वृद्धि हुनेमा बैकिङ्ग समूह, विकास बैंक समूह, उद्योग समूह, उत्पादन तथा प्रशोधन समूह र म्युचुअल फण्ड समूह रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x