प्रभु बैंकको हकप्रद आजबाट

काठमाडौं, ७ माघ । प्रभु बैंक लिमिटेडको हकप्रद शेयर आज माघ ७ गतेबाट बिक्री खुल्ला भएको छ ।। बैंकले १० बराबर ४ अर्थात ४० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । बैंकले निष्कासन गरेको उक्त हकप्रद शेयरको बिक्री बन्द फागुन १३ गते रहेको छ ।

बैंकले एक सय रुपैयाँ अंकित मुल्य भएको २ अबर्क ३५ करोड २५ लाख ६० हजार आठ सय रुपैयाँ बराबरको २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ । हकप्रद शेयर निष्कासनको लागि बैंकले पौष २१ गते शेयर दर्ता किताब बन्द गरेको थियो । बैंकले जारी गरेको हकप्रद शेयरको आवेदन बैंकको सम्बन्धित शाखाहरु र सनराइज क्यापिटलको कार्यलयमा दिने सकिने जनाइएको छ ।

बैंकले जारी गर्ने ४० प्रतिशत हकप्रद शेयरको पुँजीकरण पछि बैंकको चुक्ता पुँजी ८ अर्ब २४ करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *