Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

चालु आर्थिक वर्षमा ८.५ प्रतिशतको आर्थिक बृद्धि हुँदैन : उपाध्यक्ष कँडेल

चालु आर्थिक वर्षमा ८.५ प्रतिशतको आर्थिक बृद्धि हुँदैन : उपाध्यक्ष कँडेल

काठमाडौं, ७ फागुन । राष्ट्रिय योजना आयोगले चालू आर्थिक वर्षमा सरकारले बजेट मार्फत लिएको ८.५ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य पुरा नहुने प्रष्ट पारेको छ ।

बुधबार अर्थ समितिको बैठकमा आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले आर्थिक बृद्धिको सरकारी लक्ष्य भेट्न नसकिने स्पष्ट पारेका हुन ।

गतसाता अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको अर्धबार्षिक समिक्षा गर्दै बजेट खर्च र राजस्व संकलनको लक्ष्य घटाएपनि आर्थिक बृद्धिको लक्ष्य घटाएका थिएनन् ।

कमजोर पुँजीगत खर्च र गौरवका आयोजनाहरुको काम समयमा नहुँदा बजेटमा तोकिएको वृद्धि हासिल नहुने कँडेलले बताए । त्यस्तै उनले यो पटक पनि असारे विकास दोहोरिने अवस्था आएको पनि स्वीकार गरे ।

छलफलमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अराजक ढंगले बजेट राख्ने प्रवृत्ति नरोकिँद विकास निर्माणले गति नलिने बताए । विकास खर्चलाई उनले छेपारोको कथाको संज्ञा दिदै यसको कारण खोज्न आग्रह गरे ।

सत्तारुढ नेकपाका सांसद सुरेन्द्र पान्डेले पनि दुई वर्ष अगाडि आफैंले ल्याएको स्वेतपत्रमा देखाइएको कमजोरी समेत अर्थ मन्त्रालयले सुधार गर्न नसकेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x