एनआईसी एशिया बैंकमा १ सय ५० लाई रोजगारीको अवसर

काठमाडौं, ७ फागुन । एनआईसी एशिया बैंकले १ सय ५० जना कर्मचारीको माग गरेको छ। काठमाडौं उपत्यका र उपत्यका बाहिरका शाखाका लागि बैंकले सो संख्यामा ट्रेनी एसिस्टेन्ट माग गरेको हो ।

विजनेश, फाइनान्स, म्यानेजमेन्ट अथवा एकाउण्टेन्सीमा न्यूनतम ५० प्रतिशत अंकसहित स्नातक तह उत्तिर्णले आवेदन दिन सक्ने छन् । आवेदन दिने समय यही फागुन २१ गतेसम्म रहेको छ ।

आक्रमक रुपमा वित्तीय सेवा विस्तार गरिरहेको यस बैंकले हाल मुलुकभर ३ सय १९ शाखा कार्यालय संचालनमा ल्याइसकेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *