Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सुनको मूल्यले तोड्यो अहिलेसम्मकै रेकर्ड

सुनको मूल्यले तोड्यो अहिलेसम्मकै रेकर्ड

काठमाडौं, ७ फागुन । सुनको मूल्यले फेरी नयाँ कीर्तिमान कायम गरेको छ।

मंगलबार प्रतितोला ७६ हजार ७ सय रुपैयाँ कारोबार भएको सुन बुद्यबार ४ सयले बढेर ७७ हजार १ सय रुपैयाँ कायम भएको छ।

नेपाली बजारमा यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो।

यसअघि गतपुस २३ गते ७६ हजार ५ सय रुपैयाँ पुगरे सुनको मूल्यले त्यसअघिका रेकर्ड तोडेको थियो।

पछिल्लो केही दिनदेखि सुनको मूल्य बढिरहेको थियो।

विश्व बजारमा सुनको मूल्य बढ्नुको प्रमुख कारणका रुपमा शक्तिशाली राष्ट्रबीचको तनावलाई लिइएको छ। पछिल्लो समय चीन–अमेरिका, भारत–पाकिस्तान लगायतका मुलुकको सम्बन्ध सुमधुर नहुदाको प्रभाव विश्व अर्थतन्त्रमा पारेको विश्लेषण गरिएको छ।

जानकारहरुले सुनको मूल्य अझै बढ्ने अनुमान गरेका छन् । मूल्य बढ्दा बजारमा सुनको कारोबार सुस्ताएको छ। बिवाहको लगत समेत भएकाले सुनचाँदीको कारोबारका लागि यो उपयुक्त अवसर हो । तर मूल्य बढ्दा कारोबारमा कमि आएको व्यापारी बताउछन् । लगनको समयमा दैनिक २५ केजी भन्दा बढी सुन कारोबार हुने गरेको थियो । तर अहिले दैनिक १० देखि १२ किलोमा सीमित रहेको व्यवसायीहरू बताउँछन् । सुनको मूल्य बढेपछि बजारमा नयाँ गहना किन्नेभन्दा पनि पुराना गहना बेच्ने ग्राहक बढी आउने गरेको उनीहरुको भनाई छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुद्यबार चाँदी पनि प्रतितोला ९ सय ५ रुपैयाँ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x