एनआईसी एशिया बैंकको धनुषाधाममा शाखा कार्यालय संचालनमा

काठमाडौं, ७ फागुन । एनआईसी एशिया बैंकले धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ३ स्थित धनुषाधाममा शाखा कार्यालय स्थापना गरि बैंकिङ्ग करोबार सुरु गरेको छ । ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै बैंकले उक्त शाखा कार्यालय संचालनमा ल्याएको जनाइएको छ।

हाल यस बैंकले मुलुकभर ३ सय १९ शाखा कार्यालय, ४ सय ४४ एटिएम, १ सय ३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिदै आएको छ। त्यस्तै कुल ग्राहक संख्या करिब २१ लाख रहेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *