एभरेष्ट बैंक र हेफरबीच वित्तीय सेवा उपलब्ध गराउँने सम्झौता
काठमाडौं, ७ फागुन । एभरेष्ट बैंक र हेफर इन्टरनेशनल नेपालबीच महिला उद्यमशीलतामा वित्तीय सेवा पुर्याउँने सम्झौता भएको छ । बैंकर हेफरबीच बाख्रापालन, डेरी व्यवसाय, तरकारी खेती र लोकल कुखुरा पालनमा संलग्न महिला उद्यमीलाई सहुलियत कर्जा प्रदान गर्नको लागि सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक गिरिश कोहली र हेफरका नेपालका लागि निर्देशक डा. शुभनारायण महतोले हस्ताक्षर गरेका हुन् । हाल बैंकले ९५ शाखा कार्यालय, १ सय २२ एटीएम र ३० रकम संकलन केन्द्रबाट सेवा दिँदै आएको छ ।