Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

चीनबाट कच्चा पदार्थ नआएपछि उद्योगमा समस्या

चीनबाट कच्चा पदार्थ नआएपछि उद्योगमा समस्या

काठमाडौं, ८ फागुन । नेपाल उद्योग परिसंघ (सीएनआई) ले अर्थतन्त्र तथा उद्योग व्यवसायमा देखिएका समस्याबारे नवनियुक्त अर्थ सचिव शिशिरकुमार ढुंगानासँग छलफल गरेको छ । चीनमा नोभेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएकाले त्यहाँबाट औद्योगिक कच्चा पदार्थ ल्याउन नसकेर औद्योगिक उत्पादन प्रभावित भएको जानकारी सीएनआइले गराएको छ ।
औषधी उद्योग, कपडा उद्योग तथा तयारी वस्तुको खुद्रा र थोक व्यापारलाई कोरोना भाइरसले प्रभाव पारेको भन्दै सीएनआईका अध्यक्ष सतीशकुमार मोरले पर्यटन क्षेत्रसमेत प्रभावित भएको जानकारी दिए । उनले कोरोनाका कारण सिर्जित् नकारात्मक असरलाई सरकारले राम्ररी अध्ययन गर्न पनि आग्रह गरे ।

मोरले भारतीय बजेटको प्रभाव मूल्याङ्कन गरी उद्योग व्यवसायलाई प्रतिस्पर्धी हुने वातावरणको सृजना गर्नु पर्ने पनि उल्लेख गरेका थिए । यसैगरी निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनमा भइरहेका सुधारको स्वागत गर्दै निर्यातका लागि थप प्रोत्साहन आवश्यक भएको तर्फ पनि सीएनआईले ध्यानाकर्षण गराएको छ । छलफलमा अर्थ सचिव शिशिरकुमार ढुंगानाले भारतको नयाँ बजेटको नेपाली अर्थतन्त्रमा पर्ने प्रभाव मुल्याङ्कन गर्न अध्ययन समितिले काम पुरा गर्न लागेको र त्यसले दिने सुझावलाई कार्यान्वयन गर्न जानकारी दिए ।

यसैगरी चीनमा देखा परेको कोभिड १९ भाइरसका कारण उद्योग, व्यापार तथा सेवा क्षेत्र र विकासका काममा परेको असर कम गर्ने उपायमाथि छलफल भइरहेको भन्दै आयात प्रतिस्थापन र निर्यात प्रर्वद्धन तथा रोजगारी सृजना गर्ने उद्योगका लागि थप सहुलियत दिने विषयमा नीतिगत सुधारका लागि अन्तर्मन्त्रालय समन्वयको काम भइरहको उल्लेख गरे । परिसंघले अघि सारेका विषयलाई प्राथमिकतामा राखी यथासक्य सम्बोधन गर्ने पनि अर्थ सचिव ढुंगानाले विश्वास दिलाएको सीएनआईले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x