सिद्धार्थ बैंकको दोस्रो त्रैमासिकमा मुनाफा बढ्यो

काठमाडौं, ७ माघ । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा खुद मुनाफा आर्जन ७७ करोड २८ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा बैंकको खुद मुनाफा आर्जन ६.४४ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासिकमा बैंकले ७२ करोड ६० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

यस्तै समिक्षा अवधिमा बैंकको निक्षेप संकलन ८५ अर्ब ५७ करोड रुपैयाँ र कर्जा प्रवाह ७५ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । बैंकको हाल चुक्ता पुँजी ७ अर्ब ५ करोड रुपैयाँ रहेको छ । यस्तै बैंकले चुक्ता पुँजी वृद्धिका लागि १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

बैंकले खुद मुनाफा आर्जनमा वृद्धि गरेता पनि प्रति शेयर आम्दामीमा भने संकुचन आएको छ । दोस्रो त्रैमासको वित्तीय विवरणको आधारमा बैंकको वार्षिक प्रति शेयर आम्दामी २२.६४ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *