गोर्खाज फाइनान्सको अध्यक्ष र संचालकहरुले दिए राजिनामा

काठमाडौं, ७ माघ । गोर्खाज फाइनान्सको संचालक समितिको अध्यक्ष महेन्द्र लाल राईको राजिनामा स्विकृत भएको छ । फाइनान्सको संचालक समितिले नयाँ अध्यक्ष नियुक्त गरेपछि राईको राजिनामा स्विकृत गरेको हो । फाइनान्सको ३५७औं संचालक समितिको बैठकले प्रेम बहादुर खापुङलाई खापुङलाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको छ भने राईको राजिनामालाई स्विकृत गरेको छ ।

यस्तै फाइनान्सको संचालक समितिको उक्त बैठकले संचालकहरु विरेन्द्र विक्रम लिम्बु र राजेन्द्र कुमार राईको राजिनामा समेत स्विकृत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *