भन्सार एकद्वार प्रणालीमा गएसँगै व्यावसायीलाई सहज हुने

काठमाडौं, ८ फागुन । अर्थ सचिव शिशिर कुमार ढुङ्गानाले कर संकलनको लागत बढेसँगै अब कर संकलनलाई एकद्वार प्रणाली अपनाउँने सरकारको सोच रहेकाले सोही अनुरुप काम भईरहेको बताएका छन् । नेपाल चेम्वर अफ कमर्सको प्रतिनिधि टोलीसँगको भेटघाटमा अर्थ सचिव ढुङ्गानाले अबको कर प्रणाली एकद्वार हुने भएकाले व्यावसायीहरुलाई सहज हुने बताएका हुन् । त्यस्तै सम्पति शुद्धिकरणबाट व्यवसायी आतंकित भएको प्रसंग जोड्दै उनले त्यसबाट कोहि पनि हतोत्साहित हुनु पर्ने अवस्था नरहेको जनाकारी दिए ।

त्यस्तै चेम्बरका अध्यक्षे राजेशकाजी श्रेष्ठले सरकारले बैंकिङ्ग समस्या समाधान गर्न कमिटी गठन गरिदिएकाले व्यवसायीक ब्याजदर घट्ने आशा व्यक्त गरे ।
त्यस्तै अर्थ सचिव ढुङ्गानासँगको भेटमा चेम्बरका अध्यक्ष श्रेष्ठको नेतृत्वको प्रतिनिधि मण्डलले निजी क्षेत्रले सरकारसँग सहकार्य गरी अर्थतन्त्रको विकासमा सहयोग गरेर अगाडि बढ्ने बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *