साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १४३४.५७ विन्दुमा
काठमाडौं, ८ फागुन । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) सेयर बजार २९.३२ अंकले वृद्धि भएर बन्द भएको छ । बुधबार सामन्य अंकले वृद्धि भएको नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भई १४३४.५७ विन्दुमा पुगेको हो । आज २ अर्ब ७८ करोड ५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१ सय ८० कम्पनीको ५८ लाख २९ हजार ५ सय १० कित्ता सेयर खरिद विक्री भएको छ । सर्वाधिक सेयर कारोबार शिवम् सिमेन्टको भएको छ । उक्त कम्पनीको १७ करोड ३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । त्यस्तै हिमालयन डिस्टिलरी लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
कारोबारमा आएका १२ समूहमध्ये २ समूहको परिसूचकमा गिरावट आएका छन् भने बाँकी समूहका परिसूच वृद्धि भएका छन् । आज उद्योग र म्युचुअल फण्ड समूहका परिसूचकमा गिरावट आएका हुन् । उद्योग समूहको १.१ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.३९ प्रतिशतले परिसूचक गिरावट भएका हुन् । त्यस्तै सर्वाधिक परिसूचक वृद्धि हुनेमा माइक्रोफाइनान्स समूह रहेको छ । यो समूहको ६.३५ प्रतिशतले परिसूचकमा वृद्धि भएको हो ।