जनस्वास्थ्य प्रयोगशालामा प्रभु बैंकको एक्टेन्सन काउन्टर
काठमाडौं, ८ फागुन । प्रभु बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं. १२ स्थित टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला परिसरमा एक्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्टेन्सन काउन्टरको उद्घाटन स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. रोशन पोखरेलले गरेका हुन् ।
यो एक्स्टेन्सन काउण्टर सञ्चालनमा आएसँगै जनस्वास्थ्य प्रयोगशालामा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न सहज हुने छ । त्यस्तै एक्स्टेन्सन काउण्टरबाट प्रभु बैंकले प्रवाह गरेका बैंकिङ्ग सेवाहरु स्थानीय ग्राहकल लिनसक्ने बैंकले जनाएको छ ।
हाल बैंकले २ सय ८ वटा शाखा कार्यालय, १ सय ५७ वटा एटीएम ४५ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवामार्पmत् सेवा दिँदै आएको छ ।