Date

शनि, बैशाख २७, २०८२
Sat, May 10, 2025

अमेरिकी कंग्रेसका सदस्यले बुझे एमसीसीमा सरकारको धारणा

अमेरिकी कंग्रेसका सदस्यले बुझे एमसीसीमा सरकारको धारणा

काठमाडौं, ९ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडासँग संयुक्त राज्य अमेरिकी कंग्रेसका सदस्यद्वय जर्ज होल्डिगं र अमी बेराले आज अर्थ मन्त्रालयमा भेटवार्ता गरेका छन् ।

भेटका अवसरमा अर्थमन्त्रीले नेपाल अमेरिका बीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिकाले नेपालको शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा निरन्तर रुपमा सहयोग दिएकोमा धन्यवाद व्यक्त गरे । उनले नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा जानकारी गराउँदै नेपाल लगानीको लागि उपयुक्त गन्तव्य भएको उल्लेख गरे । यहाँ उत्पादन भएका बस्तुको बजारका लागि समस्या नहुने उनको भनाइ थियो । विश्वका धेरै जनसंख्या भएका मुलुकहरु छिमेकी देश भएकोले विश्व वजारको केन्द्रविन्दुमा नेपाल रहेकाले यहाँ लगानी गरेर उत्तर र दक्षिणको बजारमा निर्यात गर्न सकिने धारणा राखेका थिए ।

अर्थमन्त्री खतिवडाले संविधानले व्यवस्था गरेका मौलिक हकको कार्यान्वयन गर्दै संघीय प्रणालीमा नागरिकले प्राप्त गर्ने अधिकार र सेवालाई गुणस्तरीय, दक्ष, प्रभावकारी र प्रविधि मैत्री बनाउन काम भैरहेको उल्लेख गर्नु हुदै यसमा थप सहयोग आवश्यक भएको बताए । अर्थमन्त्रीले एमसिसि अन्तर्गत प्राप्त हुने अमेरिकी अनुदान सहायता नेपाललाई चाहिने कुरामा कुनै द्धिविधा नभएको उल्लेख गर्दै हुँदै सो सहायता सम्झौता संसदबाट अनुमोदन हुने विश्वास दिलाएको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकी कंग्रेसका सदस्यद्वयले अर्थमन्त्री समक्ष नेपालको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका, राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा हितका पक्षमा सरकारले अघि सारेका विषयमा चासो व्यक्त गर्दै नेपालको विकासले अमेरिकाको निजी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भैरहेको बताएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *