Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सडक सुरक्षामा वार्षिक १० अर्ब लगानी आवश्यक

सडक सुरक्षामा वार्षिक १० अर्ब लगानी आवश्यक

काठमाडौं, १० फागुन । सडक दुर्घटनाको सामाजिक तथा आर्थिक क्षति न्यूनीकरणका लागि सडक पूर्वाधारको अवस्था सुधार, सचेतना, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि विश्व बैंकले जोड दिएको छ ।
विश्व बैंकको नयाँ प्रतिवेदन अनुसार नेपालले सडक सुरक्षामा वर्षको १० अर्ब रुपैयाँ र आगामी एक दशकभित्र एक खर्ब रुपैयाँ लगानी गर्नुपर्ने बताइएको छ । सडक दुर्घटनाले नेपालको अर्थतन्त्रमा गत वर्ष झण्डै ३० अर्ब क्षति पुगेको अनुमान गरिएको छ । दुर्घटनामा जीवन गुमाउने र आम्दानी गर्ने समूह विकलांग भएर अरुको सहारामा जीवन बिताउनुपर्दा यसले समाजमा आश्रित जनसंख्या बढिरहेको छ । घाइते हुनेहरुको उपचारमा, तथा जीवनभर विकलांग हुनेहरुको उपचारमा ठूलो धनराशी खर्च भइरहेको छ ।
ट्राफिक प्रहरी निर्देशनालयका अनुसार, चालु आर्थिक वर्ष २०७६–७७ को पहिलो चार महिना अर्थात् साउनदेखि कात्तिकसम्म सडक दुर्घटनामा ५८२ मारिएका छन् भने ६९२ घाइते भएका छन् । यो अवधिमा देशभर ५,९८१ सडक दुर्घटना भएका थिए ।
विश्व बैंककले स्वीडेनको राजधानी स्टकहोममा सडक सुरक्षा सम्बन्धि तेश्रो विश्वव्यापी मन्त्रीस्तरी सम्मेलनमा ‘दक्षिण एसियामा सडक सुरक्षाः साझा क्षेत्रीय पहलका अवसर’ प्रतिवेदन सार्वजनिक गर्नुका साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्बाङलाई हस्तान्तरण गरेको छ । प्रतिवेदनले नेपालमा सडक दुर्घटना धेरै हुनुमा उपयुक्त सडक पूर्वाधार, लक्षित र दीगो सडक सुरक्षा सम्बन्धि कार्यक्रम नहुनु मुख्य कारण रहेको बताएको छ ।
दक्षिण एसियामै सन् २००० देखि नेपालमा सडक दुर्घटनामा मृत्यु हुनेहरुको संख्या उकालो लागेको छ । गत आर्थिक वर्ष २०७५–७६ मा प्रति एक लाख ८.५९ को सडक दुर्घटनामा निधन भएके छ ।
यस क्षेत्रको तीव्र आर्थिक विकासमा सवारीसाधनको स्वामित्वले महत्वपूर्ण भूमिका खेलेको भएपनि सडक दुर्घटनाले आर्थिक अवसरहरुमा क्षति पु¥याइरहेको विश्व बैंकले जनाएको छ ।
यी क्षेत्रका व्यापारिक करिडोरमा भएको सडक सुरक्षाको अवस्थाले राष्ट्रिय राजमार्गको सडक सुरक्षाको स्थितिलाई प्रतिबिम्बित गरेको उल्लेख गर्दै प्रतिवेदनले हरेक वर्ष औसतमा प्रति किलोमिटरको दूरीमा ०.८७ को मृत्यु हुने भयावह स्थिति चित्रित गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x