Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

टुर्गानद्वारा ३१औं अन्तर्राष्ट्रिय टुरिष्ट गाईड दिवस मनाइयो

टुर्गानद्वारा ३१औं अन्तर्राष्ट्रिय टुरिष्ट गाईड दिवस मनाइयो

काठमाडौं, ९ फागुन । टुरिष्ट गाईड एसोसिएसन अफ नेपाल (टुर्गान)ले ३१औं अन्तर्राष्ट्रिय टुरिष्ट गाईड दिवस भव्य रुपमा मनाएको छ । टुर्गानले शुक्रबार काठमाडौंमा विभिन्न पर्यटन क्षेत्रसँग सम्वद्ध संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी २१औं अन्तराष्ट्रिय टुरिष्ट गाईड दिवस मनाएको हो ।

उक्त कार्यक्रममा पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले पर्यटन क्षेत्रलाई सरकारले सम्मानित रुपमा हेर्नुपर्ने बताए । देशको अर्थतन्त्रलाई सुदृढ बनाउँन पर्यटन क्षेत्रले अहम भूमिका खेलेको भन्दै पोखरेलले यस क्षेत्रमा सक्षम र सवल जनशक्ति भित्र्याउन आवश्यक रहेको जानकारी दिए ।

त्यस्तै कार्यक्रमा टुर्गानका अध्यक्ष केदार तामाङ्गले पर्यटन क्षेत्रमा रोजगारीका अपार सम्भावना भएकाले यस क्षेत्रलाई सरकारले व्यवस्थित गर्नुपर्ने बताए । सरकारले पर्यटकीय क्षेत्रलाई व्यवस्थित गरिदिए त्यहाँ आउँने पर्यटक र तिनीहरुलाई गाईड गर्ने गाइडहरुलाई सहज हुने उनको भनाई छ । नेपाल एक सुन्दर देश भएकाले पर्यटकहरुलाई अझ आकर्षित बनाउँन यो संस्थाले टुरिष्ट गाईडहरुलाई औपचारीक र अनौपचारीक रुपमा दक्ष र सक्षम बनाउँदै आएको जानकारी दिए ।

कार्यक्रममा करिव १ सय ५० जना टुरिष्ट गाईडहरुको उपस्थिति रहेको थियो । अन्तर्राष्ट्रिय टुरिष्ट गाईड दिवस प्रत्येक फेब्रुअरी २१ मा मनाइन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x