Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

सुनको मूल्य ७८ हजार नाघ्यो, अझै बढ्ने अनुमान

सुनको मूल्य ७८ हजार नाघ्यो, अझै बढ्ने अनुमान

काठमाडौं, ९ फागुन । स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । चीनमा फैलिएको कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र तरङ्गित भएसँगै सुनको मूल्यमा पनि उच्च वृद्धि भएको हो । स्थानीय बजारमा बिहीबार प्रतितोला ७७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार (आज) प्रतितोला ७८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । न्यूवर्क मार्केटले सुनको मूल्य मार्च महिनाभित्र प्रतितोला १७०० अमेरिकी डलरसम्म पुग्ने अनुमान गरेको भएपनि अहिले फेब्रुअरी महिनामा नै यो विन्दुमा पुग्न सक्ने अनुमान गर्न थालिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए । यदी त्यसो भयो भने नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८० हजार रुपैयाँ पार गर्ने निश्चित भएको उनी बताउँछन् । आज विश्व बजारमा सुनको मूल्य प्रतितोला १६२५.७० अमेरिकी डलर रहेको छ ।

लगानीकर्ता अहिले कारोबारमा भन्दा पनि आफ्नो लगानी सुरक्षित गर्नतर्फ लागेकाले सुनको मूल्य बढ्न पुगेको शाक्य बताउँछन् । कोरोना भाइरसले विश्व अर्थतन्त्रलाई प्रभाव पारेको र अन्य कारोबारमा भन्दा लागनीकर्ताहरु सुनमा लगानी गरी आफ्नो लागत सुरक्षि गर्नतर्फ लागेकोले सुनको मूल्यमा उच्च वृद्धि भएको उनको भनाई छ ।

गत वर्ष २०७५ को फागुन ११ गते स्थानीय बजारमा सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । सो समययता सुनको मूल्यमा सामान्य उतारचडाप आएको भएपनि आज सुनको मूल्यले उच्च मूल्यको इतिहास रचेको हो । शाक्य भन्छन्–‘अमेरिका र चीनको व्यापार युद्धले केही समय अघिदेखि दिन प्रतिदिन सुनको मूल्य बढिरहेको थियो । तर, कोरोनाको प्रभावले अहिले सुनको मूल्य झनै बढ्न थालेको छ । यही रुपमा सुनको मूल्य बढ्दै जाने हो भने अब प्रतितोला सुन ७५ हजार रुपैयाँभन्दा तल नझर्ने सम्भावन देखिएको छ ।’

एक वर्षमा सुनको मूल्य प्रतितोला १८ हजार ७ सय रुपैयाँ बढेको छ । त्यस्तै चाँदीको मूल्य पनि एक वर्षयता वृद्धि हुँदै गएको छ । त्यसैगरी एक वर्षमा चाँदीको मूल्य पनि १ सय ९० रुपैयाँ बढेको छ । गत वर्षको सोही समयमा चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा खरिद विक्री भएको थियो । तर, आज चाँदीको मूल्य प्रतितोला ९ सय १५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x