Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

करिव ३० प्रतिशत घट्यो तरकारीको मूल्य

करिव ३० प्रतिशत घट्यो तरकारीको मूल्य

पूर्ण प्रसाद चौलागाई २०७६ फागुन १० काठमाडौं । काठमाडौं उपत्यकामा एक सातामा अधिकांश तरकारीको मूल्य घटेको छ । गत साताको शनिबार यता साग, च्याउ, काउली गोलभेडा जस्ता तरकारीजन्य उपभोग्य सामाग्रीको मुल्य करिव ३० प्रतिशत घटेको हो ।

आज कन्या च्याउको मूल्य सर्वाधिक घटेको छ । गत फागुन ३ गते शनिबारको तुलनामा आज कन्या च्याउँको मूल्य ४७.०६ प्रतिशत घटेको देखिन्छ । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आज च्याउँको मूल्य ४५ रुपैयाँ तोकेको छ । गत शनिबार कन्या च्याउको मूल्य प्रतिकेजी ८५ रुपैयाँ तोकिएको थियो ।

त्यस्तै आज सानो गोलभेडा, लोकल घिउ सिमी, लोकल मूला, हाइब्रीड मूला, स्थानीय काउली, भिण्डी मटरकोसाको मूल्य सर्वाधिक घटेको छ । सानो गोलभेडाको मूल्य प्रतिकेजी १२ रुपैयाँ तोकिएको छ भने गत शनिबार २२ रुपैयाँ तोकिएको थियो । गत शनिबारको तुलनामा यो मूल्य ४५.४५ प्रतिशत कम हो । त्यसैगरी घिउ सिमीको मूल्य पनि ३८.४६ प्रतिशत घटेको छ । उक्त दिन प्रतिकेजी ७८ रुपैयाँ तोकिएको घिउ सिमीको मूल्य आज ४८ रुपैयाँ तोकिएको छ ।

आज हरियो खुर्सानी, लाम्चो भन्टा र तितो करेलाको मूल्य सर्वाधिक बढेको छ । हरियो खुर्सानीको मूल्य प्रतिकेजी ७८ रुपैयाँ तोकिएको छ भने गत हप्ताको शनिबार हरियो खुर्सानीको मूल्य ५५ रुपैयाँ मात्र थियो । हरियो खुर्सानीको मूल्य ४१ प्रतिशत वृद्धि भएको हो । लाम्चो भन्टाको मूल्य २०.८३ प्र्रतिशत र तितो करेलाको मूल्य प्रतिकेजी १७.३९ प्रतिशत वृद्धि भएको छ ।

आज सर्वाधिक मूल्य घटेका १५ किसिमका तरकारीहरु

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x