रसुवा–नुवाकोट पर्यटन समाजले भोलीदेखि ५ दिने फाम टुर गर्ने

काठमाडौं, १० फागुन । रसुवा–नुवाकोट पर्यटन समाजले ५ दिने रसुवा र नुवाकोटको फाम टुर गर्ने भएको छ । नयाँ पर्यटकीय पदमार्गको विकासका लागि समाजले यहि फागुन ११ गतेदेखि १५ गतेसम्म फाम टुर गर्न लागेको हो । टुर काठमाडौं–नुवाकोट दरबार–सुर्यगढी–किस्पाङ हुँदै रसुवाको कालिकास्थानमा पुगेर समापन हुने छ ।

उक्त टुरको संयोजन समाजका शिव लामिछाने, गगन न्यौपाने, दिनेश तामाङ र ऊर्जा तामाङले गर्ने छन् । रसुवा र नुवाकोटमा पर्यटनको अपार सम्भावना भएकाले ती क्षेत्रमा नयाँ गन्तव्यको विकास गर्न यो टुरको आयोजना गरिएको ऊर्जा तामाङले जानकारी दिए ।

टुरमा यी दुई जिल्ला सहित अन्य पर्यटन व्यवसायी र पत्रकारहरुको सहभागिता रहने समाजका महासचिव शिव अधिकारीले जानकारी दिए । यो टुरले पर्यटकका लागि नयाँ गन्तव्य थप्ने विश्वास उनले व्यक्त गरे ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *