दक्षिण कोरियामा रहेका नेपालीलाई कोरोना भइरसको संक्रमबाट जोगिन सावधानी अपनाउन दूतावासको आग्रह

काठमाडौं, ११ फागुन । दक्षिण कोरियामा पनि कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि त्यहाँ स्थित नेपाली दूतावासले दक्षिण कोरियामा रहेका नेपालीलाई विशेष सावधानी अपनाउनमा अनुरोध गरेको छ । दक्षिण कोरियामा कोरोना भाइरस संक्रमितको संख्या दोब्बर भए पछि विज्ञप्ति जारी गरि दूतावासले प्रभावकारी ढंगबाट सुरक्षाका उपाय अपनाउन अनुरोध गरेको हो ।

कोरोना भाइरसको संक्रमणको शंका लागेका अवैधानिक रूपमा कोरियामा रहेका विदेशीहरूले समेत सार्वजनिक स्वास्थ्य संस्थाहरूमा गई चेकजाँच र उपचार गराउन सक्ने बताइएको छ।

दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमितको संख्या कूल ४ सय ३३ जना पुगेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *