सिटिजन्स् बैंकको खुद मुनाफामा कमी

काठमाडौं, ७ माघ । सिटिजन्स् बैंक इन्टरनेशनलले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ६२ करोड ८६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद मुनाफा आर्जन ६३ करोड १६ रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको दोस्रो त्रैमासिकको तुलनामा समिक्षा अवधिमा बैंकको मुनाफा आर्जनमा कमी आएको छ ।

समिक्षा अवधिमा बैंकको खुद मुनाफामा कमी आएपनि संचालन मुनाफा र खुद व्याज आम्दामीमा भने वृद्धि आएको छ । समिक्षा अवधिमा बैंकको संचालन मुनाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २१.९४ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ६८ करोड २८ लाख रुपैयाँ संचालन मुनाफा कमाएको बैंकले समिक्षा अवधिमा ८३ करोड २६ लाख रुपैयाँ संचालन मुनाफा कमाएको छ । यस्तै समिक्षा अवधिमा बैंकको खुद व्याज आम्दामी ९७ करोड ४९ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन ५८ अर्ब ४६ करोड रुपैयाँ र कर्जा प्रवाह ५३ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । यस्तै बैंकको वार्षिक प्रति शेयर आम्दामी १५.६६ रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिमा चुक्ता पुँजी वृद्धि गरेको कारण प्रति शेयर आम्दामी ३१.३७ प्रतिशतले ह्रास हुन पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *