३.८५ अंकले घटेर नेप्से परिसुचक १४०२.६७ विन्दुमा

काठमाडौं, ७ माघ । आइतबार नेप्से परिसुचक ३.८५ अंकले घटेको छ । यो गिरावटसंगै नेप्से परिसुचक १४०२.६७ विन्दुमा पुगेको छ ।

कारोबारको सुरुमा उत्साह देखाएको नेप्सेले शेयर बजार बन्द हुने समयमा आइपुग्दा नकारात्मक छाप छोडेको छ । नेप्से परिसुचक कारोबारको झण्डै मध्यदिनमा ६.२७ अंकले बढेको थियो । तर नेप्सेले वृद्धिको गतिलाई निरन्तरता दिन सकेन ।

शेयर बजारको परिसुचक नेप्सेमा गिरावट आएपनि गत साताको तुलनामा कारोबार रकममा वृद्धि भएको छ । आइतबार १६५ कम्पनीहरुको १६ लाख ७६ हजार ११६ कित्ताको शेयर किनबेचबाट ५० करोाड ६१ लाख ४२ हजार ८५६ रुपैयाँको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *