सेञ्चुरी बैंकका ग्राहक र संस्थापक सेयरधनीले धुलिखेलको माउण्ट प्रिन्सेस होटलमा १० प्रतिशत छुट पाउने

काठमाडौं, १२ फागुन । सेञ्चुरी कमर्सियल बैंकका ग्राहक र संस्थापक सेयरधनीले धुलिखेलमा रहेको माउण्ट प्रिन्सेस होटलमा डिजिटल माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकले आफ्ना देशैभरका खातावाला डेविट तथा क्रेडिट कार्डवाहक ग्राहक र संस्थापक सेयरधनीलाई सहुलियत प्रदान गर्ने गरि उक्त सम्झौता गरेको हो ।

उक्त सम्झौतापत्रमा धुलिखेल शाखाका शाखा प्रबन्धक दिपक ढुङ्गाना र माउण्ट प्रिन्सेस होटल प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत जोत्सना सैंजुले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकको देशैभरका खातावाला डेविट तथा क्रेडिट कार्डवाहक ग्राहक र संस्थापक सेयरधनीले होटलको रुम बुकिङ र फुड एण्ड वेभरेज लगायतका सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन् ।

बैंकले हाल देशभर १सय ३८ शाखा र ८३ वटा एटिम मार्फत वित्तीय सेवा दिदै आएको छ। काभ्रे जिल्लामा मात्रै बैंकको ७ वटा शाखा कार्यालय संचालनमा छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *