नेप्से परिसूचक घटेपनि कारोबारमा उत्साह कायमै

काठमाडौं, १२ फागुन । सोमबार नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ । हिजो ६९.५६ अंकले बढेको परिसूचक आज भने १.९६ अंकले घटेर १५०२.१८ विन्दुमा झरेको छ ।

आज कारोबारमा आएका मध्ये बैंकिङ, उत्पादन तथा प्रशोधन र अन्य बाहेक बाँकी सबै समूहको उपसूचक नकारात्मक छ ।

बजार घटेपनि सेयर कारोबार भने १ सय ७९ कम्पनीको ३ अर्ब ४१ करोड रुपैयाँ बढीको भएको छ। हिजो ३ अर्ब ६० करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज सबैभन्दा धेरै सेयर कारोबार भने एनएमबि बैंकको भएको छ । बैंकको २० करोड रुपैयाँ बढीको कारोबार भएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *