Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

बिवाह, पार्टी वा अन्य भेटघाटका लागि आवश्यक कपडा र गहना अव छानिछानी भाडामा

बिवाह, पार्टी वा अन्य भेटघाटका लागि आवश्यक कपडा र गहना अव छानिछानी भाडामा

झरना कँडेल
काठमाडौं, १२ फागुन । तपाइलाई बिवाह, पार्टी र अन्य भेटघाटका लागि चाहिने कपडा भाडामा पाइन्छ भनेर सुन्दा अचम्म लाग्ला । तर, अचम्ममा पर्नु पर्दैन काठमाडौंमा भाडामा अन्य सामान पाइए जस्तै कपडा पनि पाइँन थालेको छ ।

त्यति मात्र कहाँ हो र यहाँ आफ्नै कपडा पनि भाडामा लगाउन पाइन्छ ।

काठमाडौंस्थित भगवतीबहाल नक्सालमा अनिता दाहाल पौडेलद्वारा सञ्चालित ‘रेन्ट द रनवे’ले विभिन्न कार्यक्रम, पार्टी र सेमिनारका लागि चाहिने हरेक ड्रेसहरु भाडामा उपलब्ध गराउँछ । नागरिताको सक्कली प्रमाणपत्र र फिक्स डिपोजिट राखेर ३ दिनको लागि कपडा भाडामा लगाउने गरेको उनी बताउँ छिन् । उनी भन्छिन्–‘कहिलेकाही अवस्था हेरेर प्रमाण पत्रमात्रै राखेरै पनि भाडामा ड्रेस र गरगहना लगाउछु ।’

अनिताको पसलमा अहिले बिवाहमा बेहुलीलाई चाहिनेदेखि सामान्य भेटघाटमा लगाउन मिल्ने विभिन्न डिजाइनका ड्रेस तथा उक्त ड्रेसहरुसँग मिल्ने गहनाहरु पनि छन् । जुन लुगाहरु ३ दिनको २ हजारदेखि १० हजारसम्ममा भाडामा पाइन्छ ।

हरेक पटक नयाँ लुगा किन्न सबैलाई सम्भव नहुने र कम पैसामा फेरी–फेरी लुगा लगाउन मिल्ने भएकाले उक्त व्यावसायमा आफ्नो आकर्षण बढेको अनिता बताउछिन् । उनले भनिन्–‘पछिल्लो समय युवा युवतीहरुमा एउटा ड्रेस लगाएर सामाजिक सञ्जाल फोटो पोष्ट गरेपछि पुनः त्यही ड्रेस नलगाउने लहर चलेको छ । समयको माग अनुसार ड्रेसहरुको पुनः प्रयोग गरी भाडामा लगाउन सकिने भएकाले रेन्टल सर्भिसलाई सबैले सकारात्मक रुपमा लिन सके महंगीको चपेटाबाट मुक्त भई भाडामा लगाउने र लिने नै लाभान्वित हुन्छ जस्तो मलाई लाग्छ ।’

अहिले अनिताको पसलमा भाडामा कपडा लिन र दिन आउने महिलाहरु प्रशस्तै छन् । उनका अनुसार त्यसै दराजमा थन्क्याएर राख्नु भन्दा भाडामा लगाए महँगो तिरेर किनेको ड्रेसको सदुपयोग हुने तथा कुनै कार्यक्रम वा पार्टीमा जानैका लागि धेरै पैसा खर्चेर महँगो ड्रेस किन्नु पर्ने बाध्यता हटेर गएको उनीहरुको अनुभव छ ।

आफ्नो साथीको छोरीले दिएको आइडीया राम्रो लागेपछि गत साउनदेखि उनले यो व्यवसाय सुरु गरेको उनी बताउँछिन् । पसललाई थप विस्तार गरि आगामी दिनमा पुरुषहरुका लागि पनि यो सेवा सञ्चालन गर्ने उनको योजना छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x