Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

नेप्से परिसूचक १५४५.१९ विन्दुमा, ३ कम्पनीको सेयर मूल्यमा सर्किट

नेप्से परिसूचक १५४५.१९ विन्दुमा, ३ कम्पनीको सेयर मूल्यमा सर्किट

काठमाडौं, १३ फागुन । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूच बढेर बन्द भएको छ । हिजो सामान्य अंक घटेको नेप्से परिसूचक आज ४३.०२ अंकले वृद्धि भई १५४५.१९ विन्दुमा पुगेको छ । त्यस्तै सोमबारको तुलनामा नेप्से परिसूचक २.८६ प्रतिशत वृद्धि भएको हो । आज कारोबार रकम करिव ३ अर्ब नजिक पुगेको छ । १ सय ८० कम्पनीको ७० लाख ५९ हजार ७ सय १२ कित्ता सेयर २ अर्ब ९९ करोड २१ लाख रुपैयाँको सेयर खरिद विक्री भएको छ ।

सर्वाधिक कारोबार हिमालयन डिष्टिलरीको
मंगलबार सर्वाधिक सेयर कारोबार हिमालयन डिष्टिलरी लिमिटेडको भएको छ । उक्त कम्पनीको १६ करोड ३३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । उक्त कम्पनीको आज प्रतिसेयर मूल्य १ हजार ८ सय ३७ रुपैयाँ पुगेको छ । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १४ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यो कम्पनीको आजको अन्तिम सेयर मूल्य १ हजार ३ सय ९० रुपैयाँ पुगेको छ । त्यसैगरी शिखर इन्स्योरेन्सको १० कारोडभन्दा बढीको सेयर कारोबार भएको छ भने नेको इन्स्योरेन्स, एनएमबि बैंक र एनआईसी एशिया बैंकको ९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
आज ३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुँरास लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन डिष्टिलरी लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । गुँरास लाइफ इन्स्योरेन्सको प्रतिसेयर मूल्य ८५ रुपैयाँ वृद्धि भएको छ । त्यस्तै हिमालयन डिस्टिलरीको १ सय ६७ रुपैयाँ र स्वदेशी लघुवित्तको १ सय १० रुपैयाँ प्रतिसेयर मूल्य वृद्धि भएको हो ।

आज कारोबारमा आएका १२ समूहकै परिसूचकमा वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि अन्य समूहको भएको छ । अन्य समूहको ७.७८ प्रतिशत परिसूचक वृद्धि भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x