Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सिटिजन्स बैंकले १० वर्षे ऋणपत्र निष्काशन गर्ने

सिटिजन्स बैंकले १० वर्षे ऋणपत्र निष्काशन गर्ने

काठमाडौं, १३ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले “१०.५% सिटिजन्स बैंक ऋणपत्र २०८६” निष्काशन गर्ने भएको छ । बैंकले फागुन २० गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता १० वर्षे ऋणपत्र निष्काशन गर्ने भएको हो ।

जसमध्ये १ अर्ब रुपैयाँको १० लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्काशन गरिने छ । त्यसमा पनि ५ प्रतिशतले हुन आउँने ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याईएको छ । बाँकी रहेको १ अर्ब ५० करोड रुपैयाँको १५ लाख कित्ता ऋणपत्र विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

उक्त ऋणपत्र धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापीटल लिमिटेड रहेको छ । बैंकले नेपाल धितोपत्र बोर्डबाट माघ २१ गते स्वीकृत पाएसँगै ऋणपत्र निष्काशन गर्न लागेको हो । उक्त ऋणपत्रलाई ईन्क्रा नेपाल लिमिटेडले मध्यम कर्जा जोखिम जनाउने ‘इक्राएनपी ट्रिपलबी प्लस’ रेटिङ प्रदान गरेको छ । बैंकको ऋणपत्रमा छिटोमा फागुन २३ गते तथा ढिलोमा चैत ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x