सुनको मूल्य घट्यो

काठमाडौं, १३ फागुन । स्थानीय बजारमा लगातार उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने घटेको छ । सोमबारको तुलनामा मंगलबार (आज) सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ घटेको हो । आज सुन पूतितोला ८० हजार रुपैयाँमा कारोबार भईरहेको नेपला सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको मूल्य प्रतितोला ८० हजार ३ सय रुपैयाँ पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो प्रतितोला ९ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि ९ सय २५ रुपैयाँमा नै कारोबार भईरहेको महासंघले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *