Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

सेयर खरिदबिक्रीमा कीर्तिमान, एकै दिन साढे ४ अर्बको कारोबार

सेयर खरिदबिक्रीमा कीर्तिमान, एकै दिन साढे ४ अर्बको कारोबार

काठमाडौं, १५ फागुन । बिहीबार सेयर बजारमा ४ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो हाल सम्मको कीर्तिमानी कारोबार हो । सेयर कारोबार मापक नेप्से परिसूचक पनि उतार चढावका बीच ३६.०५ अंकले बढेर १६३२.१७ विन्दुमा पुगेको छ ।

बुधबार ४ अर्ब १५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो ।

कारोबारमा आएका मध्ये बैंक, उत्पादन तथा प्रशोधन र विकास बैंक समूहको उपसूचकमा सुधार आएको छ भने बाँकी अन्य सबै समूहको उपसूचक घटेको छ ।

दुईसाता यता नेप्से निरन्तर उकालो लागिरहेको छ । यो एक सातामा मात्र १९७.६ अंकले नेप्से माथि उक्लिएको छ । बजारको बृद्धिलाई ब्रोकरहरुले स्वभाविक रुपमा लिएका छन् । बजार आफ्नै गतिले अघि बढिरहेको उनीहरुको अनुमान छ । केहीले अर्थमन्त्री डा. युवराज खतिवडाको बहिर्गमनलाई कारण देखाए पनि त्यो संयोग मात्र भएको बताइएको छ ।

बजार बढ्ने क्रम सुरुभएसँगै नयाँ लगानीकर्ताहरु समेत थपिएका छन् । त्यसले कारोबार बढाउन मदत पुगेको जानकार बताउछन् । तर नयाँ लगानीकर्ताहरुलाई कम्पनी छनोटमा ध्यान दिन भने जानकारहरुले सुझाएका छन् ।

सो दिन नेपाल लाईफ इन्स्योरेन्स, एनआइसि एशिया बैंक, एनएमबि, नबिल बैंक र शिवम् सिमेन्टमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x