Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

पेट्रोलियम पदार्थमा लगाइएको कर हटाउँन सांसद्को माग

पेट्रोलियम पदार्थमा लगाइएको कर हटाउँन सांसद्को माग

काठमाडौं, १८ फागुन । सरकारले पछिल्लो समय पेट्रोलियम पदार्थमा लगाएको कर हटाउँन सांसद्हरुले माग गरेका छन् । सरकारले पूर्वाधार विकासका लागि भन्दै थप ५ रुपैयाँ कर पेट्रोलियम पदार्थमा लगाएको भन्दै सांसद सरिता गिरीले यो निर्णयलाई फिर्ता लिन माग गरेकी हुन् । नेपाल आयल निगमले यो कर तिर्ने भन्दै अर्थमन्त्रीले कर लगाएका भएपनि यसको असर जनतालाई नै पर्ने भएकोले यस्तो निर्णय फिर्ता नलिए संसद् अवरुद्ध गर्ने उनको चेतावनी छ । उनले भनिन्–‘ यो कर सरकारले चोर बाटोबाट लगाएको हो । घुमाउँरो तरिकाले सरकारले जनतामाथि कर थुपारेको छ । यो हामीलाई मान्य छैन् । यस्तो निर्णयको फिर्ता नगरे संसद् अवरोध हुन्छ ।’

त्यस्तै नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले पनि प्रतिनिधि सभाको बैंठकमा बोल्दै पेट्रोलियम पदार्थमा लगाइएको कर हटाउँन माग गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x