Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेप्से परिसूचक ४०.८२ अंक घट्यो, कारोबार रकम भने बढ्यो

नेप्से परिसूचक ४०.८२ अंक घट्यो, कारोबार रकम भने बढ्यो

काठमाडौं, १८ फागुन । गत साताभरी नै लगातार बढेको सेयर बजार आज भने उच्च अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आइतबार (आज) नेप्से परिसूचक ४०.८२ अंकले घटेको हो । त्यस्तै बजार घटेसँगै नेप्से परिसूचक १५९१.३६ विन्दुमा रोकिएको छ । गत साताको अन्तिम दिन बिहीबार परिसूचक १६३२.१८ विन्दुमा रोकिएको थियो ।

त्यस्तै आज नेप्से परिसूचक घटेपनि कारोबार रकममा भने वृद्धि भएको छ । गत बिहीबार ४ अर्ब ४६ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज वृद्धि भएर ४ अर्ब ८४ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको हो । १ सय ८३ कम्पनीको १ करोड २५ लाख १७ हजार २ सय १७ कित्ता सयर खरिद विक्री भएको छ ।

सर्वाधिक कारोबार एनएमबिको
आज एनएमबि बैंक लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । एनएमबिको २६ करोड ६३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । त्यस्तै ग्लोबल आईएमई बैंक लिमिटेडको २५ करोड ८५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २४ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

त्यसैगरी एनआईसी एशिया बैंक लिमिटेडको २१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नेपाल बैंक लिमिटेडको १७ करोड भन्दा बढीको सेयर कारोबार भएको छ भने नविल बैंक लिमिटेड र प्रभु बैंक लिमिटेडको १५ कारोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक तथा एककोमा नकारात्मक सर्किट
आज मितेरी विकास बैंक लिमिटेड र मन्जुश्री फाइनान्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मितेरीको सेयर मूल्य ९.९० प्रतिशतले वृद्धि भएको छ भने मन्जुश्री फाइनान्सको ९.८८ प्रतिशतले सेयर मूल्यमा वृद्धि भएको छ । कम्पनीका सेयर मूल्य ४१ रुपैयाँ र २५ रुपैयाँ वृद्धि भएका हुन् । त्यस्तै बोटल्स नेपाल तराईको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज यो कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ । आज कम्पनीको सेयर मूल्य ८ सय ५६ रुपैयाँ घटेको हो ।

त्यसैगरी आज कारोबारमा आएका १२ समूहमध्ये वित्त समूहको परिसूचकमा वृद्धि भएको छ भने बाँकी समूहको परिसूचकमा कमी आएको छ । वित्त समूहको ०.६ प्रतिशत परिसूचकमा वृद्धि भएको हो । त्यस्तै आज सर्वाधिक परिसूचक घट्नेमा उत्पादन तथा प्रशोधन समूह रहेको छ । यो समूहको ५.२१ प्रतिशत परिसूचकमा कमी आएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x