Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

भ्रमण वर्ष स्थगित, अन–अराइभल भिसा बन्द

भ्रमण वर्ष स्थगित, अन–अराइभल भिसा बन्द

काठमाडौं, १९ फागुन । सरकारले भ्रमण वर्ष, २०२० सम्बन्धि सबै कार्यक्रम स्थगित गरेको छ । नोभेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलने जोखिमका कारण मन्त्रिपरिषद्को आइतबारको बैठकले भ्रमण वर्षका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

नेपालले फागुन २४ गतेदेखि अन–अराइभल भीसा समेत बन्द गर्ने निर्णय गरेको छ । अन–अराइभल भीसा कटौतीपछि नेपालमा उडान भरिरहेका सबै एयरलाइन्सले उडान निरन्तर गर्छन्, या कटौती गर्नेछन् त्यो भने निश्चित भैसकेको छैन । चीनको वुहान सहरबाट शुरु भई विश्वका ४० भन्दा धेरै देशमा फैलिसकेको छ । कोरोना भाइरसका कारण विश्वभर २,९०० मानिसहरुको मृत्यु भैसकेको छ भने ८५,००० मानिसहरु संक्रमित छन् । नेपालमा यसअघिसम्म नोभेल कोरोना भाइरसको एउटा केस फेला परेकोमा त्यी व्यक्ति उपचारपछि घर गइसकेका छन् ।

विश्व स्वास्थ्य संगठनले सबै देशहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । नोभेल कोरोना भाइरसका कारण विश्व पर्यटन बजार र एयरलाइन्स कम्पनीहरु प्रत्यक्ष मारमा परेका छन् । यद्यपि यसको असर भने व्यापार, उद्योग, पर्यटन लगायत सबै क्षेत्रमा परेको छ ।

नेपालले पनि चीनको वुहान र आसपासबाट उद्दार गरी ल्याएका १७० जनालाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखेको आज १४ दिन पुगेको छ । उनीहरुको आजको स्वास्थ्य परिक्षण रिपोर्ट नेगेटीभ आएमा उनीहरुलाई घर जाने अनुमति दिइने तर एक जनामा मात्रै संक्रमण भएको भेटिएमा सबैले पुनः अर्को १४ दिन क्वारेन्टाइनमै बस्नुपर्ने स्वाथ्यमन्त्री भानुभक्त ढकाल बताउँछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x