Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेप्सेमा नकारात्मक सर्किट, २ घण्टा २९ मिनेट पछि कारोबार बन्द

नेप्सेमा नकारात्मक सर्किट, २ घण्टा २९ मिनेट पछि कारोबार बन्द

काठमाडौं, १९ फागुन । साताको दोस्रो कारोबार दिन आज सेयर बजार परिसुचक नेप्सेमा दोस्रो पटक नकारात्मक सर्किट लागेपछि कारोबार बन्द भएको छ । कारोबार खुलेको २ घण्टा २९ मिनेटमा परिसूचक ९६.०६ अंकले घटेर १४९५.२० विन्दुमा झरेको छ।

१२ बजरे ४६ मिनेट जाँदा ५ प्रतिशतले बजार घटेपछि ४० मिनेटका लागि स्थगित भएको थियो । पुनः कारोबार सुरु भएको ४ मिनेटमा नै बजार थप १ प्रतिशतले घटेको थियो ।

यस अवधिमा १ सय ७३ वटा कम्पनीको ४९ लाख ८६ हजार कित्ता सेयर २ अर्ब १५ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ।

आज कारोबारमा आएका सबै समूहको उपसूचक नकारात्मक छ ।

गएका केही दिन बजारमा सकारात्मक सुधार देखिएको थियो । झन्डै १२ सय हाराहारीमा रहेको नेप्से परिसूचक दुई साताको अन्तरालमा १६ सय माथि उक्लिएको थियो ।

तर हिजो पनि बजार झन्डै ४० अंकले घटेर बजार बन्द भयो । आज त्यो पनि सोही क्रमले निरन्तरता पायो । आगामी ६ महिनाका लागि अर्थमन्त्री डा. युवराज खतिवडाले नै अर्थमन्त्रीमा निरन्तरता दिने समाचार सार्बजनिक भएपछि बजार घट्न थालेको केही लगानीकर्ताहरु बताउछन् । कर लगायतका अन्य विषयमा निकै कठोर रहेकाले अर्थमन्त्री खतिवडालाई बजारले नरुचाएको भनि विश्लेषण गर्ने गरिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x