Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

काठमाडौं उपत्यकामा तरकारीको मूल्यमा तीब्र उतार चढाव

काठमाडौं, १९ फागुन । पछिल्ला केही दिन तरकारीको मुल्यमा उतार चढाव आएको छ । केही समयअघि चाइनिज लसुनको मुल्यले तताएको बजार आज सोमबार नेपाली लसुनको मुल्यमा ५० रुपैयाँले वृद्धि भएको छ ।

हिजो ३ सय ४५ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको सुकेको नेपाली लसुनको मुल्य बढेर आज ३ सय ९५ रुपैयाँमा पुगेको छ । उता केहि समय अगाडि बजारमा पाइन छाडेको चाइनिज लसुन पाइन थालेको छ ।

त्यस्तै सुकेको चाइनिज लसुन बजारमा सकिएको भन्दै कालिमाटी तरकारी बजारको आधिकारीक वेवसाइटमा माघ २२ गतेदेखि मुल्य नै राख्न छाडिएको थियो । त्यतीबेला उक्त लसुनको मुल्य ६ सय ३५ रुपैयाँ प्रतिकिलो पुगेको थियो । त्यसपश्चात फागुन ६ गते उक्त लसुनको मुल्य प्रतिकिलो ७ सय ५ रुपैयाँ निर्धारण भई बजारमा उपलब्ध हुन थालेको थियो । त्यसपश्चात उक्त मुल्य घट्दै फागुन १७ गते ४ सय ९५ रुपैयाँमा झरेको थियो । हिजो ५ रुपैयाँले घटेको लसुनको मुल्य आज फेरी ५ रुपैयाँले बढेर प्रतिकेजी ४ सय ९५ रुपैयाँ मुल्य निर्धारण गरिएको छ । चिनबाट आयात पुर्णरुपमा ठप्प हुँदा पनि बजारमा चाइनिज लसुनको कारोबार सहज हुनाले उपभोक्तामा व्यापारीले बद्मासि गरेको भन्ने आशंका जगाएको छ ।

कालिमाटी फलफुल तथा तरकारी बजारका अनुसार आज हरियो खुर्सानीको मुल्य प्रतिकिलो २० रुपैयाँले वृद्धि भई ९५ रुपैयाँ पुगेको छ । लप्सी प्रतिकिलो २० रुपैयाँ , चुकन्दर प्रतिकिलो ४० रुपैयाँ, स्कुस, सेतो मुला , स्थानीय काउली र सबै प्रकारमा गोलभेडाको मुल्यमा प्रतिकिलो १० रुपैयाँका दरले वृद्धि भएको छ ।

त्यसैगरी डल्ले च्याउको मुल्य भने आज ५० रुपैयाँले घटेको छ । हिजो खुद्रा बजारमा १ सय ९५ रुपैयाा प्रतिकिलोमा बिक्री–बितरण भएको डल्ले च्याउको मुल्य घटेर १ सय ४५ रुपैयाँ पुगेको छ । त्यस्तै सुकेको खुर्सानीको मुल्य ३० रुपैयाँले घटेर ३ सय ९५ रुपैयाँ प्रतिकिलो झरेको छ । हरियो लसुनको मुल्य २० रुपैयाँले घटेर १ सय ३५ रुपैयाँ प्रतिकिलो पुगेको छ । ब्रोकाउलीको २० रुपैयाँले घटेर ६५ रुपैयाँ प्रतिकिलोमा पुगेको छ भने हरियो प्याजको मुल्य १० रुपैयाँले घटेको छ ।

तरकारीको मुल्यमा आएको उतार चढावमा केही ठोस कारण भने नरहेको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका बरिष्ठ बजार संचालन अधिकृत मनोज धितालले बताए । सामान बढी आएको दिन मुल्य घट्नु र कम आउदा बढ्नु सामान्य भएको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x