एनआइसी एशिया बैंकले नागरिक लगानी कोष र सूर्या लाइफको संस्थापक सेयर बेच्न बोलपत्र आह्वान

काठमाडौं, १९ फागुन । एनआइसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष र सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले कोष र इन्स्योरेन्सको सेयर बिक्री गर्नका लागि आज शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।

कोषको १ लाख ६६ हजार ३२ कित्ता संस्थापक सेयर बिक्री गरिने छ । त्यसको न्यूनतम मूल्य २ हजार रुपैयाँ मूल्य तोकिएको छ । लगानीकर्ताले आजदेखि यही फागुन २९ गतेसम्म न्यूनतम २ हजार रुपैयाँ वा सोभन्दा बढी बोलपत्र पेश गर्न सक्नेछन् ।

त्यस्तै सूर्या लाइफको पनि ४१ हजार ४ सय कित्ता संस्थापक सेयर बिक्री गर्न लागिएको छ । यसमा न्यूनतम मूल्य २ सय ७५ रुपैयाँ तोकिएको छ ।

दुवै कम्पनीको आवेदन एनआइसी एसिया क्यापिटल, बैंकको केन्द्रीय कार्यालय र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी, सुर्खेत र कमलादीमा दिन किने छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *