Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेपाली अर्थतन्त्रमा कोरोनाको प्रभाव : पर्यटन, उद्योग, रोजगारी तथा निर्माण क्षेत्रमा अवरोध

नेपाली अर्थतन्त्रमा कोरोनाको प्रभाव :  पर्यटन, उद्योग, रोजगारी तथा निर्माण क्षेत्रमा अवरोध

काठमाडौं, १९ फागुन । कोरोना भइरसको संक्रमणका कारण छिमेकी मुलुक चीनमा मात्र मृत्यु हुनेको संख्या ३ हजार नाघेको छ । चीन बाहेक अन्य देशमा पनि यो भाइरसको संक्रमण देखिन थालेको छ ।

इरानमा १०, अमेरिकामा २ र इटालिमा ३० जना भन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाइ सकेका छन् ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार कोरिया, अस्ट्रिया,स्विटजरल्याण्ड,क्रोएशियामा पनि यो भाइरसको संक्रमण देखिएको छ। हालसम्म विश्वका ३१ देशमा यो भाइरस फैलिसकेको छ। नेपालमा पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले नेपाल भ्रमण वर्ष स्थगित गर्नुका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच सुरु गरेको छ ।

चीनमा फैलिएको कोरोनाको संक्रमण अन्य राष्ट्रमा पनि फैलिदै गएपछि विश्व अर्थतन्त्रलाई धक्का दिन थालेको छ। प्रकोपले सबैभन्दा बढी असर उपभोग र पर्यटन उद्योगमा परेको छ।

छिमेकी मुलुकबाट सुरु भएको यो प्रकोपको प्रभाव नेपाली अर्थतन्त्रमा पनि देखिन थालेको छ । बजारमा चिनियाँ सामाग्रीहरुको अभाव हुनुका साथै मूल्य समेत बढ्न थालेको छ । चीनमा अधिकांश उद्योग धन्दा बन्द हुदाँ त्यसको प्रभाव नेपालमा पर्नु स्वभाविक भएको अर्थशास्त्री डा. शंकर शर्मा बताउछन् । नेपालको निर्माण क्षेत्रमा पनि चिनियाँ प्रविधि मात्र होइन जनशक्ति समेत प्रयोग भइरहेको छ । त्यसले गर्दा निर्माण कार्य समेत प्रभावित भएको उनले बताए ।

त्यस्तै, पर्यटन क्षेत्र पनि यसको शिकार बनेको छ । चिनियाँसँगै अन्य देशका पर्यटकहरुको आगमन पनि निकै घटेको छ । नेपालमा भारतीयपछि सबैभन्दा बढी पर्यटक चिनियाँ नै आउँछन् । त्रासका कारण अन्य देशबाट नेपाल आउने तयारीमा रहेका पर्यटकहरुले पनि भ्रमण स्थगित गरेका छन् । पर्यटक नहुँदा होटल, रेस्टुरेन्ट, हस्तकलाका व्यवसाय सङ्कटमा पर्न थालेको छ । होटल संघ नेपाल (हान)का उपाध्यक्ष बिनायक शाहका अनुसार आगामी अप्रिलसम्मका लागि गरिएको बुकिङ धमाधम रद्द भइरहेको छ ।

अवको दुई महिना भित्रमा यो प्रकोप नियन्त्रणमा नआए आर्थिक बृद्धि प्रभावित हुने, रोजगारीका क्षेत्र गुम्ने, विकास निर्माण सुस्त बन्ने तथा ठूला कम्पनीको नाफामा गिरावट आउने अर्थशास्त्री शर्माको अनुमान छ ।

नेपालमा अर्थतन्त्रको आधारस्तम्भको रुपमा रेमिट्यान्सलाई लिने गरिन्छ । बार्षिक ८ खर्ब भन्दा बढी भित्रिने रेमिट्यान्सले अर्थतन्त्रलाई चलायमान बनाउन मदत गरेको छ । तर कोरोनाको प्रभाव फैलदै जादा यो क्षेत्र पनि नराम्ररी प्रभावित हुने उनले बताए । ४० हजार नेपाली रहेको दक्षिण कोरियामा संक्रमण देखिएपछि नयाँ कामदार पठाउने क्रम स्थगित भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x