सामुदायिक लघुवित्तको आइपीओ निष्काशन स्थगित

काठमाडौं, ८ माघ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयर निष्काशन (आइपीओ) विशेष कारणवश स्थगित गरिएको छ । माघ ९ गतेदेखि १२ गतेसम्म खुला गरिएको पूर्व निर्धारित समयमा शेयर निष्काशन स्थगित गरिएको जनाएको छ । कम्पनीले ३ करोड रुपियाँ बराबरको १ सय रुपियाँ अंकित ३ लाख कित्ता साधारण शेयर निष्काशन गर्न सूचना प्रकाशन गरेको थियो । शेयर निष्काशक तथा बिक्री प्रबन्धकको जिम्मेवारी पाएको नेपाल एसबीआई मर्चेन्ट बैकिङ लिमिटेडले सार्वजनिक सूचनामार्फत धितोपत्र बोर्डको अर्को पत्र प्राप्त नभएसम्मको लागि निष्काशन स्थगित गरिएको जनाएको छ । नेपाल राष्ट्र बैंकले अनुगमनको क्रममा बैंकमा बुझाएको विवरण र वास्तविक विवरण मेल नखाएपछि केन्द्रीय बैंककै अनुरोधमा आइपीओ रोकिएको बोर्डको एक अधिकारीले अर्थको अर्थलाई बताए । नेपाल धितोपत्र बोर्डले माघ २ गते पत्रमार्फत शेयर निष्काशन कार्य स्थगित गर्न निर्देशन आए बमोजिम नै आइपीओ निष्काशन प्रक्रिया स्थगित गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *