खतिवडाले सम्हाले पुनः अर्थमन्त्रालयको जिम्मेवारी
काठमाडौं, २१ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगत्तै उनले अर्थ मन्त्रालय पुगी जिम्मेवारी सम्हालेका हुन् ।
अर्थमन्त्रीको पदभार ग्रहण गर्दै मन्त्री खतिवडाले मुलुकको अर्थतन्त्रलाई सुधार गर्न पुनः मन्त्रीमा नियुक्त भएको बताए । उनले अर्थतन्त्र सुधारका लागि आफूले थालेका कामलाई पूर्णता दिन यो कार्यकाल खर्चिने बताए । त्यस्तै विश्व अर्थतन्त्रलाई कोरोना भाइरसले प्रभाव पारेको भन्दै नेपालमा पनि यसको प्रभाव पर्ने भएकाले सामनाका लागि सबै एक जुट हुन पनि उनले अनुरोध गरे ।
राष्ट्रिय सभा सदस्यको २ वर्षे कार्यकाल सकिएसँगै मंगलबार मन्त्री पदबाट राजीनामा दिएका खतिवडालाई सरकारले संविधानको धारा ६८ बमोजिम पुनः मन्त्रीमा नियुक्त गरेको हो ।