प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको हो ।

ओलीलाई भान्जीले मिर्गौला दिएकी हुन् । ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । उनको २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यो मृर्गौलाले राम्रोसँग काम नगरेपछि कात्तिकबाट नियमित डायलासिस गर्न थालिएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *