सेयर बजारमा ६८ अंकको गिरावट

काठमाडौं, २१ फागुन । बुधबार (आज) सेयर बजार घटेको छ । कारोबार सुरु भएको केही मिनेट देखि नै ओरालो लाग्न थालेको नेप्से परिसूचक ६८.४७ अंकले घटेर १४४१.२० विन्दुमा बन्द भएको छ ।

आज कारोबारमा आएका सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी जीवन बीमा समूहको ४५६.९, निर्जीबन बीमा समूहको ४०६.९५ र माइक्रोफाइनान्स समूहको उपसूचक १४८.२५ अंकले घटेको छ ।

कारोबार भने १७४ कम्पनीको २ अर्ब ९० करोड रुपैयाँ बराबरको भएको छ । त्यसमा सबैभन्दा धेरै कारोबार नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको भएको छ । उक्त कम्पनीको २६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *