एनआईसी एशिया बैंकद्वारा विद्यालयलाई ३ लाख सहयोग

काठमाडौं, २१ फागुन । एनआईसी एशिया बैंकले सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं १ स्थित श्री देविस्थान माध्यमिक विद्यालयलाई ३ लाख रूपैयाँको चेक हस्तान्तरण गरेको छ । मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले विद्यालयका प्रधानाध्यापक नारायण नेपाललाई सो चेक हस्तान्तरण गरेका हुन् ।

हाल सो विद्यालयमा ४ सय ७६ विद्यार्थीहरू अध्ययनरत छन् । उक्त सहयोग रकम विद्यालयको डेक्स, बेन्च लगायत आवश्यक शैक्षिक पूर्वाधारमा खर्च गर्नुपर्ने छ ।

हाल बैंकले ३ सय १९ शाखा कार्यालयहरू, ४ सय ५२ एटीएम, १ सय ७ वटा एक्स्टेन्सन काउण्टर र ५७ वटा शाखारहित बैंकिङ्ग सेवामार्फत् सेवा दिँदै आएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *