Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

अत्यावश्यक वस्तुको मौज्दात ६ महिना पुग्ने

अत्यावश्यक वस्तुको मौज्दात ६ महिना पुग्ने

काठमाडौं, २५ फागुन । सरकारले खाद्यान्न, औषधी लगायत अत्यावश्यक वस्तुको मौज्दात ६ महिनासम्म धान्न पर्याप्त रहेको र नियमित आपूर्ति भैरहेको जनाएको छ ।

नोभेल कोरोना भाइरसको प्रकोप विश्वव्यापी बन्न थालेपछि नेपाली बजारमा उपभोक्ताले सञ्चयका हेतु खाद्यान्न र अत्यावश्यक वस्तु बजारबाट उठाउन थालेपछि सरकारले नआत्तिन आग्रह गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले खाना पकाउने ग्यास लगायतका वस्तु पनि सञ्चय हुन नदिन नियमित अनुगमन र बिक्रेतासँग रहेको सिलिण्डरको विवरण लिन सुरु भैसकेको बताए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले शनिबारसमेत गरी हप्तामा सातै दिन नियमित बजार अनुगमन गर्न निर्देशन दिएको मन्त्री भट्टले बताए । व्यापारीहरुले पनि वस्तुको सञ्चय गर्ने, लुकाउने र कालोबजारी गर्ने गरेको पाइएमा उपभोक्ता हित संरक्षण ऐन अनुसार कारबाही गरिने मन्त्री भट्टले बताए ।

नोभेल कोरोना भाइरसबाट संक्रमणको उच्च जोखिममा नेपाल रहेको भन्दै विश्व स्वास्थ्य संगठनले सचेतना अपनाउन आग्रह गरेसँगै सरकारले सचेत रहन नागरिकहरुलाई आग्रह गरेको थियो ।
त्यसपछि बजारबाट खाद्यान्न, ग्यास, तेल, दाल तथा दैनिक उपभोग्य अत्यावश्यक वस्तुको बिक्री बढेको बताइन्छ ।

उपभोक्ता आत्तिएर सञ्चय गर्ने हेतुले खरिद गर्न गएमा बिक्रेताले सम्झाएर आवश्यक परिणामबाहेक बढी सञ्चिति नगर्न आग्रह गर्न तथा बजारलाई स्वच्छ राख्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x