जापानी भाषा परिक्षा आवेदन खुल्यो

काठमाडौं, २५ फागुन । जापानको भाषा परिक्षाका लागि बिहीबारदेखि आवेदन खुलेको छ । यस वर्षदेखि आवेदन र परिक्षाको शुल्क अनलाइन तिर्न सकिने जापानी ल्यांग्वेज टीचर्स एसोशिसएन ले जनाएको छ ।
एशोसिएसनले जापानी भाषा परिक्षाको प्रबन्ध गरेको हो । जापानमा अध्ययन गर्न चाहाने दशौं हजार विद्यार्थीका लागि आवेदन र भाषा परिक्षा शुल्क डिजिटल भुक्तानी प्लेटफर्म ‘खल्ती’मार्फत् तिर्न सकिने व्यवस्थाले सहज भएको छ । भाषा परिक्षाका लागि आवेदन शुल्क तीन हजार रुपैयाँ तोकिएको छ ।
जापान उच्च शिक्षाका लागि आकर्षक गन्तव्य हो । जापानमा उच्च शिक्षा अध्ययन गर्न चाहाने सबै विद्यार्थीले जापानी भाषा परिक्षा उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था छ । विगत वर्षहरुमा अनलाइनबाट आवेदनको भुक्तानी गर्ने व्यवस्था नहुँदा विद्यार्थीहरु एशोसिएसनको कार्यालय भृकुटीमण्डपमै पुगेर शुल्क तिर्नुपथ्र्यो । यस वर्ष जापानी भाषा परिक्षा जुलाइ ५ का लागि तोकिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *