सेञ्चुरी कमर्सियलद्वारा वित्तीय सचेतनाका लागि समुदायसँग अन्तरक्रिया
काठमाडौं, २४ फागुन । सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखा कार्यालयले स्थानीय स्तरमा वित्तीय सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ ।
शनिवार संचालित एक दिने कार्यक्रममा स्थानीय सेयरधनी, जनप्रतिनिधी, सहकारीकर्मी, उद्योगी ,व्यवसायी लगायत सेवाग्राहीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सेञ्चुरी बैंकले हालैमात्र संचालनमा ल्याएको बीमाको सुविधा सहितको सेञ्चुरी प्लस खाता र अनुदानमा आधारित सहुलियत कर्जाबारे शाखा प्रबन्धक सुकेश शाक्यले जानकारी गराएका थिए । त्यस्तै सेञ्चुरी प्लस खातामा बीमा सुविधा सम्बन्धि जानकारी आईएमई जनरल ईन्स्योरेन्स बनेपाका मार्केटिङ ट्रेनी साजन सुवालले जानकारी गराएका थिए ।
साथै बैंकको लगानीमा संचालनमा रहेको सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडका लगानी व्यवस्थापन अधिकृत सुमन गौतमले सेयर लगानी सम्बन्धि सचेतना र पोर्टफोलियो वयवस्थापनबारे कार्यक्रममा सहभागिहरुलाई जानकारी गराए । बचत तथा कर्जा सुविधा सम्बन्धि ग्राहकहरुको जिज्ञासामा बैंकका बाग्मती प्रदेश प्रमुख अमित बज्राचार्य र सहुलियत कर्जा सम्बन्धि बैंकका कृषि तथा विपन्नवर्ग कर्जा विभागका नियम श्रेष्ठले थप जानकारी गराए ।
बैंकले हाल देशभर १ सय ३८ स्थानबाट बैकिङ सेवा र ८३ वटा एटिम मार्फत सेवा पु¥याउँदै आएको छ ।