Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

काउली, गोलभेडा र खुर्सानीको मूल्य बढ्यो, जिरीको साग र हरियो फर्सीको मूल्य खट्यो

काउली, गोलभेडा र खुर्सानीको मूल्य बढ्यो, जिरीको साग र हरियो फर्सीको मूल्य खट्यो

काठमाडौं, २४ फागुन । काठमाडौं उपत्यकामा तरकारीको मूल्य बढ्न थालेको छ । एकै दिनमा स्थानीय काउली, गोलभेडा र भेडे खुर्सानीको मूल्य अत्याधिक बढेको हो । शुक्रबार (हिजो)को बजार मूल्यभन्दा शनिबार (आज) स्थानीय काउलीको मूल्य ८३.३३ प्रतिशतले बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार हिजो प्रतिकेजी १८ रुपैयाँमा विक्री भएको स्थानीय काउलीको मूल्य आज ३३ रुपैयाँ पुगेको हो । त्यस्तै स्थानीय काउली(ज्यापु)को मूल्य पनि बढेको छ । यो काउलीको मूल्य हिजोको तुलनामा ४५.४५ प्रतिशतले वृद्धि भएको हो । ज्यापु काउली हिजो प्रतिकेजी ३३ रुपैयाँमा विक्री भएको थियो भने आज १५ रुपैयाँ वृद्धि भएर ४८ रुपैयाँमा विक्री भइरहेको समितिले जनाएको छ ।

त्यस्तै मूल्य वृद्धि हुनेमा गोलभेडा सानो, गोलभेडा सानो (टनेल), गोलभेडा सानो (भारतीय), गोलभेडा सानो (तराई) र भेडे खुर्सानी पनि बढेको छ । यी गोलभेडाहरुको मूल्य प्रतिकेजी २५ देखि २६ प्रतिशतसम्म वृद्धि भएको हो । त्यस्तै भेडे खुर्सानीको मूल्य पनि २५.६४ प्रतिशत वृद्धि भएको छ । हिजो प्रतिकेजी ७८ रुपैयाँमा विक्री भएको भेडे खुर्सानी आज ९८ रुपैयाँमा विक्री भइरहेको छ ।
त्यसैगरी जिरीको साग र हरियो फर्सी (डल्लो)को मूल्य भने घटेको छ । जिरीको साग आज प्रतिकेजी १५ रुपैयाँ घटेर ४५ रुपैयाँमा विक्री भइरहेको छ भने हरियो फर्सी (डल्लो) २२ रुपैयाँमा विक्री भईरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x