सिटिजन्स बैंकको ऋणपत्र चैत ४ गतेसम्म भर्न सकिने
काठमाडौं, २५ फागुन । सिटिजन्स बैंकले पहिलो चरणको निर्धारित समयमा ऋणपत्र बिक्री हुन नसकेपछि आवेदन भर्ने समय थप गरेको छ ।
आगामी चैत ४ गतेसम्म ऋणपत्र भर्न सक्ने बैंकले जनाएको छ । तर चैत ४ भन्दा अघि नै माग भन्दा बढी आवेदन परेमा भने सूचना दिएर बन्द गरिने छ । बैंकले फागुन २० गते २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख इकाई ऋणपत्र निष्कासन गरेको हो ।
त्यसमध्ये १० लाख इकाईमा सर्वसाधारणका लागि छुट्याइएको छ भने बाँकी १५ लाख इकाई भने बैंकले विभिन्न संघसंस्थालाई बिक्री गर्नेछ । ऋणपत्रको वार्षिक व्याजदर १०.२५ प्रतिशत रहेको छ ।